Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साढे ८ किलो चरेससहित २ जना पक्राउ

काठमाडाैं । पर्साबाट प्रहरीले  साढे ८ किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससहित पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ का ४५ वर्षका रामचन्द्र राय थारु र ५० वर्षका जितन ओझैयालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित मनिअर्वा सडकखण्डमा राम चन्द्रले चलाएर आएको बिआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ किलो ५ सय ग्राम चरेस, ५ सय ग्राम गाजाको धुलो र पछाडी बस्ने ओझैयाको साथबाट ४ किलो चरेस तथा ५ सय ग्राम गाजाको धुलो बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077