Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कर्मचारी नै कोरोना संक्रमित बनेपछि वीर अस्पतालको एमआरआई सेवा बन्द

    कर्मचारी नै कोरोना संक्रमित बनेपछि वीर अस्पतालको एमआरआई सेवा बन्द

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। आजभन्दा तीन साता अघि वीर अस्पतालका स्वास्थ्यकर्मी पहिलो पटक कोरोना भाइरस(कोभिड-१९ )बाट संक्रमित भए। इन्टरनल मेडिसिन विभागका एक बरिष्ठ चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो।

    त्यसयता १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। ५ चिकित्सक, २ नर्सिङ स्टाफ गरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना भेटिएको अस्पतालले जनाएको छ । वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मीलाई हाल सुन्धारास्थित एक होटलमा क्वारेन्टाइनमा राखिएको छ।



    अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइन व्यवस्थित र राम्रो नभएको अस्पतालका कर्मचारी युनियनहरुको गुनासो छ। ट्रमा सेन्टरले भने जमलको एलो पगेडा होटलमा सुविधा सम्पन्न किसिमले कर्मचारीलाई क्वारेन्टाइनको व्यवस्था गरेको छ ।



    साथै सबै कर्मचारीको बिमा पनि गरेको छ ।  कर्मचारीलाई जोखिम भत्ता पनि उपलब्ध गराई सकेको छ ।  तर,वीर अस्पतालका निर्देशक भने न संक्रमितलाई उचित ब्यवस्थापन गर्न सकेका छन् न त प्राईमरी कन्ट्याकलाई उचित क्यारेन्टाइनमा राख्न सकेका छन् ।

    वीरका निर्देशक डा.केदार सेन्चुरीमाथि  सुन्धाराको गुणस्तरहिन होटलमा संक्रमित स्वास्थ्यकर्मीलाई राखेर उनीहरुको स्वास्थ्यमाथि खेलवाड़ गरिरहेको आरोप लागेको छ।

    एक कर्मचारी भने निर्देशक सेन्चुरीले कमिसन लिएर गुणस्तरहिन होटलमा राखेको आरोप लगाउँछन्।

    कर्मचारी बोक्ने सवारी साधन पनि कोचाकोच गरेर बोक्ने गरिएको छ। अस्पतालमा भएका बस थन्काएर ६ हजार भाडा तिरेर पाउने पुरानो बसलाई कमिसनको लागि ९ हजार २ सयमा दैनिक भाडामा लिएर चलाईएको छ।

    तर, कर्मचारीहरु भने क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसनमा राम्रो सेवा नपाएको र क्वारेन्टाइनमा प्लास्टिकमा खाना दिने गरेको गुनासो गर्छन्।

    कति कर्मचारीहरू त उल्टै बिरामी हुने डरले क्वारेन्टाइन छोडेर आफ्नै घर गएको स्रोत वताउँछ।

    एमआरआई शाखामा काम गर्ने कार्यालय सहयोगी कोरोना संक्रमित भएपछि सोमबारदेखि वीर अस्पतालको एमआरआई सेवा समेत बन्द भएको छ।

    आजबाट उक्त सेवा सञ्चालन गर्ने वताइए पनि अन्योल कायम नै रहेको वीर स्रोतको भनाइ छ।  यसअघि सिटी स्क्यान सेवा समेत केही दिन प्रभावित भएको थियो। स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि सेवा सञ्चालन गर्न समस्या भएको छ ।

    निर्देशक निकट कर्मचारीहरु भने कोही स्टोर त  कोही खरिद शाखामा बसेर कमिसन असुल्न नै व्यस्त छन्। तर,अस्पतालले बिरामीलाई सेवा दिने ठाउमा भने कर्मचारी अभाव छ । क्वारेन्टाइनमा भएकाहरुको  स्वास्थ्य अवस्था खराब रहेको र संक्रमित हुनेको संख्या पनि बढ्दो छ।  हाल वीर अस्पतालमा ग्लोब्सको समेत अभाव छ।

    ग्लोब्स नभएकाले सेवा दिने समस्या भएको इमर्जेन्सी बिभागका एक चिकित्सक वताउँछन् । कोभिड र नन कोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने भएकाले पनि चुनौती धेरै भएको कर्मचारी  वताउँछन्।

    एक कर्मचारीका अनुसार वीर जस्तो अस्पतालमा पनि पिपिईको अभाव छ , ग्लोब्स छैन ,जोखिम भत्ता छैन  र गुणस्तरहिन क्वारेन्टाइनका कारण कर्मचारीहरु झनै मारमा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार