Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपप्रधानमन्त्री पोखरेलकाे सम्धीको नाममा विवाद भएपछि वाणिज्य बैंककाे बैठक स्थगित

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाकाे नाममा विवादमा आएपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित भएको छ । कोइरालालाई अध्यक्ष पदमा नियुक्ति दिने विषयको चौतर्फी विरोध भएपछि बैठक स्थगित भएको वाणिज्य बैंक एक अधिकारीले बताए।

ती अधिकारीका अनुसार आजको बैठकको एजेण्डा नै कोइरालालाई अध्यक्ष बनाउने थियो । उनले भने,'उनको नियुक्तिका बारेमा भैरहेको विरोधकाबीच अहिले यो विषयलाई अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गरिएको हाे।'

कोइराला यसअघि मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति थिए । कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धकलगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

अहिले पनि कोइराला पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको खबर बाहिरिएसँगै चर्को विरोध भएको हो । कोइरालालाई सञ्चालयक समितिको अध्यक्ष बनाउन सरकारले यसअघिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077