Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

३३ लाख बराबरको मोबाइल फोन र ब्याट्रीसहित दुई भारतीय पक्राउ 

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडाैंले ३३ लाख बराबरको सामानसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान काठमाडौं महानगर-१६ सोल्टीमोडस्थितबाट भारतको राजस्थान घर भएका २१ वर्षीय राकेश कुमार र ५५ वर्षीय वनवारी लाललाई प्रहरीले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले सोल्टीमोडबाट पोका-पोकामा सामान बोकेर हिँडिरहेका थिए । त्यसैक्रममा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा अवैध भन्सार चोरी पैठारी गरी ल्याएको ३३ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले मोबाइल फोन, मोबाइलका स्क्रिन, डिस्प्ले बोर्ड, ब्याट्रीलगायत ३३ लाख बराबरका सामान बरामद गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077