Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप १ हजार १११ जनामा संक्रमण, ५६९ डिस्चार्ज, ८ जनाकाे मृत्यु पुष्टि

    थप १ हजार १११ जनामा संक्रमण, ५६९ डिस्चार्ज, ८ जनाकाे मृत्यु पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपालमा आज बिहीवार थप १ हजार १११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै थप ८ जनाकाे मृत्यु भएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार