Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २ सय पत्रकारको स्वाव संकलन

    २ सय पत्रकारको स्वाव संकलन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो ।

    पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।



    पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार