Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप ९२७ जनामा संक्रमण, १६९ जना डिस्चार्ज, १२ जनाकाे मृत्यु पुष्टि

    थप ९२७ जनामा संक्रमण, १६९ जना डिस्चार्ज, १२ जनाकाे मृत्यु पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ९२७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १९५ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार