Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

भरुवा बन्दुकसहित २ जना पक्राउ

बाजुरा । बाजुरामा लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । बडिमालिका नगरपालिका ७, रजातोली तल्लो पलानमा लुकाई राखेको ५ थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ७, रजातोली तल्लो पलानमा ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाई राखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077