Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सज्जा चौलागाईं बनिन तेस्रो नेपाल आइडल

    सज्जा चौलागाईं बनिन तेस्रो नेपाल आइडल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बन्न सफल भएकी छन्।  शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी हुन ।

    त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते ।



    देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरे।



    एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।

    नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार