Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल आइडलमा पनि प्रवेश गर्‍यो कोरोना भाइरस, खल्लो भयो फाइनल

    नेपाल आइडलमा पनि प्रवेश गर्‍यो कोरोना भाइरस, खल्लो भयो फाइनल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। नेपालमा पछिल्लो समय भुसको आगो झै सल्किएको कोरोना भाइरस नेपाल आइडल सम्म प्रवेस गरेको छ। जसका कारण आज आइडलको फाइनल खल्लो हुन पुग्यो ।

    फाइनलका लागि नेपाल आइडल टोलीका सबै सदस्यको कोरोना परीक्षणका लागि  नमूना दिइएको थियो । तर, कार्यक्रमका लागि सबैको प्रस्तुति खिचिसकेपछि  एकजनालाई कोरोना पोजिटिभ भएको खबर आयो ।



    कार्यक्रममा विजेता घोषणा गर्न मात्रै बाँकी रहँदा कोरोना देखिएको खबर आएपछि कार्यक्रमको बाँकी भाग नै अबरुद्द हुन पुग्यो। त्यसपछि प्रतिस्पर्धीसँगै आइडल टोली सबै आइसोलेसनमा गए ।



    अन्तिममा आइडलको विजेता घोषणा अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए । सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बन्न सफल भइन ।

    शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी हुन । त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार