Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल आइडल बिजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता, पक्राउ पुर्जी जारी

    नेपाल आइडल बिजेता रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता, पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 1.1K
    SHARES

    धनगढी । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

    आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले रविविरुद्ध गत २० गते जाहेरी दिएकी हुन् ।



    रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएको प्रहरी स्रोतले बतायो ।



    उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार