Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राजन भट्टराईको बचाउमा प्रधानमन्त्रीका सल्लाहाकारले मिडियालाई भने- पानी अनलाइन

काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार तथा नेकपाका स्थायी समिति सदस्य विष्णु रिमालले राजन भट्टराईको बचाउमा मिडियालाई पानी अनलाइनकाे संज्ञा दिएका छन्। उनले मिडिया तथा सञ्चारकर्मीहरुको समाजिक संजाल फेसबुक मार्फत कटाक्ष गरेका छन् ।

उनले अनलाइन सञ्चार माध्यमलाई पानी अनलाइनको संज्ञा समेत दिएका छन् । सामाजिक सञ्जालमा निकै छुद्र रुपमा प्रस्तुत हुने रिमालले प्रकाशित समाचारलाई फेक न्युजको श्रङ्खलाको रुपमा वर्णन गरेका छन्।

सञ्चारकर्मीलाई शिकारी पासोमा परेकोको संज्ञा दिएका उनले भट्टराईको बचाउ गर्दै लेखेका छन्,‘शिकारीहरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौँ व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रङ्खलाको पछिल्लो टार्गेट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईलाई बनाइएको छ,’ उनले भनेका छन् ।

केहीदिनअघि ग्लोबल वाच एनालाइसिस नामक विदेशी अनलाइनले प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले नेपाल भारत सम्बन्धको जासुसी गर्न १५ लाख रुपैयाँ लिएको र उक्त रकम श्रीमतीको नाममा लिएर आफ्नै खातामा राखेको प्रमाण नै सार्वजनिक भएको थियो । सोही प्रकरणमा सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको भन्दै रिमालले मिडियाको चर्को आलोचना गरेका हुन् ।

https://www.facebook.com/bishnu.rimal/posts/3412378128824403

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077