Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवनमा एकै दिन ८८ जनामा कोरोना पुष्टि

चितवन।  चितवन मेडिकल कलेज (सीएमसी)को कोभिड ल्याबमा परीक्षण गरिएको १९६ नमुना मध्ये चितवनका ६१ सहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भदौ १२ गते सीएमसीले गरेको परीक्षणमा चितवनका ६१ जना रहेका छन् । त्यस्तै, नवलपरासी पूर्वको गैँडाकोट–१० का ४६ वर्षीय पुरुष, तनहूँको भानु–४ का ३३ वर्षीय पुरुष, रुपन्देहीको लुम्बनी–३ का ३२ वर्षीय पुरुष र पाल्पाको रम्भा–३ का ६४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको सबैभन्दा बढी रत्ननगर नगपालिका–४ मा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको रिपोर्टअनुसार रत्ननगर ४ का ३५ जना पुरुष, दुई जना महिला तथा रत्ननगर १० का एक जना पुरुषमा कोरोना देखिएको हो ।

त्यस्तै, राप्ती ८ को २३ वर्षीया महिलामा समेत कोरोना देखिएको छ । भरतपुरमा चार महिला तथा १९ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

भरतपुरको वडा नम्बर २ मा एक जना पुरुष, वडा नम्बर ४ मा १३ जना पुरुष तथा दुई जना महिला, वडा नम्बर ६ मा एक जना पुरुष, वडा नम्बर १० मा दुई जना पुरुष, वडा नम्बर १४ र २८ मा एक/एक जना पुरुष तथा वडा नम्बर १९ मा एक जना महिलामा कोरोना पुष्टि भएको छ । चितवनमा आज एकै दिन ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077