Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू

काठमाडाैं । ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नियुक्त गरेको छ। ट्राफिक व्यवस्थापनमा सक्षम र सफल मानिएका हाछेथूलाई महानगरले आइतबार नगर प्रहरी प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको हाे ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सीतारामलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नियुक्त गरिएकाे जानकारी दिए ।

पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने बताउँदै उनले नमूना नगर प्रहरी बनाउन हाछेथूको भूमिका महत्वपूर्ण हुने बताए। नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नियुक्ति गर्ने चलन छ। उनले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077