Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषदको निर्णय : मगर हङकङ र ढकाल ल्हासामा महावाणिज्यदूत नियुक्त

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकले हङकङ र  ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।

चीनको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङ  र मकाउको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।

राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए भने ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।

हङकङ र मकाउमा उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत भएका छन्। उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गर्न मंगलबार  परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077