Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कालिकोटको भीषण पहिरोमा पुरिएर मृत्‍यु हुनेको संख्या १० पुग्यो , निषेधाज्ञामामा घर बसेका पुरिए

कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा भीषण पहिरो जाँदा   १० जनाको मृत्यु भएको छ  भने २ जना बेपत्ता छन् ।  नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । निषेधाज्ञामा घरभित्रै बसेका एकै परिवारका ४ जना पुरिएका छन्।

पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको प्रहरीले जनाएको छ  । घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

पहिरोमा पुरिएर ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा,अर्को एक परिवारका तीन सदस्य,सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउन पहल भइरहेको छ ।

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077