Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशनमा भारतको स्वार्थ, पौडेलभन्दा सिटौला रोजाइमा

काठमाडौं । अहिले कोरोना भाइरसका कारण मुलुक नै अस्तव्यस्त बनेको छ। तर, नेपाली कांग्रेसभित्र १४औँ महाधिवेशनमा  पद हत्याउन हानथाप हुन थालिसकेको छ।

सभापति शेरबहादुर देउवा समूहलाई भन्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला तथा नेता डा.शेखर कोइरालालाई अलिक धेरै महाधिवेशन लागेको छ ।

कोइराला परिवारले देउवालाई तथानाम गाली गर्न थालेका छन् । कांग्रेसलाई वीपी कोइरालाले बनाएको भनेर कोइराला परिवारहरू विर्ता ठानेर उठ्न थालेका छन् ।
महामन्त्री डा.कोइरालाले सार्वजनिक रुपमा वरिष्ठ नेता पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने जनाइ सकेका छन् । हालै डा.कोइरालाले दिएको अन्तर्वार्तामा पौडेलले देउवालाई पराजित गर्न नसक्ने सोही कारण आफू सभापतिमा उम्मेदवार बन्ने बताएका छन् ।

डा.शशांक कोइराला वीपीका कान्छो छोरा हुन् । वीपीको छोरो हुँदैमा डा.शशांक कोइरालालाई सबै कांग्रेसले साथ दिन्छन् भन्ने छैन ।
१३औँ महाधिवेशनमा देउवाले साथ दिएका कारण आफूले जितेको बताएका छन् । देउवाकै कारण महामन्त्री बनेका डा.शशांक कोइरालाले अहिले आएर देउवाविरुद्ध बिषवमन गरिहेका छन् ।

आफ्नो गुटभित्र पनि वरिष्ठ नेता पौडेलको अपमान हुने गरेर अभिव्यक्ति दिएका छन् । आफूभन्दा कयौँगुणा सिनियर नेता पौडेलको मानमर्दन गर्नु डा.शशांक कोइरालाका लागि उचित कुरा होइन ।

डा.शशांक कोइरालाका बुबा वीपी कोइरालासँग राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलका धेरै कमजोरी छन् । तर, महामन्त्री डा.शशांक कोइरालालाई अपमान गर्ने अधिकार छैन ।

‘बी’ ग्रेडको कोइराला भनेर आरोप खेप्दै आएका केन्द्रीय सदस्य डा.शेखर कोइराला पनि सभापतिमा उम्मेदवार बन्ने भनेर हिँडेका छन् ।

नेविसंघको राजनीतिबाट निखारिएर आएका देउवालाई मानमर्दन गर्ने अधिकार डा.शेखर कोइरालाको पनि छैन । निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । जित हार पनि हुन्छ । निर्वाचनका लागि स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुन नसक्ने डा.शशांक कोइराला र डा.शेखर कोइारालालाई कोइराला परिवारको मान्छे हो भन्दैमा सहयोग हुँदैन ।

कोइराला परिवारका ‘राजकुमार’हरूले आफ्नो हैसियत भुल्नु नहुने कांग्रेसकै एक केन्द्रिय सदस्य वताउंछन्। । डा.शेखर कोइराला भारत निकटका मानिन्छन । महामन्त्री शशांक कोइराला भारत निकट भएपनि उनी पछिल्लो समय चीन निकट हुन पुगेको चर्चा छ ।

कोइराला र पौडेल समूहभित्रको झगडालाई नेता कृष्णप्रसाद सिटौलाले हेरिरहेका छन् । सिटौलाले आफूलाई सभापतिको उम्मेदवारमा तयार पार्नेभन्दा पनि अवसरको पर्खाइमा छन् । सिटौला भारतले सबैभन्दा बढी रुचाएका नेता हुन। उनलाई नेता अमरेश सिंहले भारतको नजिक बनाएको वताइन्छ।

कोइराला–पौडेल समूहलाई जुधाएर सिटौलाले १४औँ महाधिवेशनमा उम्मेदवार बनेर जाने पक्षमा छन् । तर, सिटौलामाथि यस पटक सभापति बन्ने भन्दा पनि स्वार्थको राजनीतिमा केन्द्रित भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077