Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिशूली नदीमा एम्बुलेन्स खस्दा पाँच जना घाइते

चितवन ।  चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा ना ५ च १०३३ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ आउंदै गरेको एम्बुलेन्स ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि सशस्त्र प्रहरीको टोलीले भरतपुरतर्फ पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077