Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिरासतमा मृत्यु प्रकरण : यातना दिने ३ प्रहरी निलम्बित

काठमाडौं । हिरासतमा मृत्यु भएका युवकलाई यातना दिएकाे पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

प्रारम्भिक छानविनका क्रममा रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिने गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बन गरिएकाे प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उपसचिव जोरेन्द्र अर्यालको नेतृत्वमा घटनाको छानविन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077