Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्लाज्मा दान गर्नेलाई सम्मान

काठमाडाैं । नेपाल चिकित्सक संघले देशभरका कोरोना भाइरसबाट संक्रमित भइ निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्ने सम्पूर्ण व्यक्तिलाई सम्मान गर्ने भएको छ।

प्लाज्मा दान गर्ने सम्पूर्ण व्यक्तिहरुको विवरण संकलन गरी निकट भविष्यमा ‘प्रशंसा–पत्र’सहित उच्च सम्मान व्यक्त गर्ने निर्णय गरिएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

संघका तर्फबाट महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘१ पिन्ट प्लाज्मा’बाट हजारौँ मानिसलाई जोगाउन सकिने भएकोले यो पवित्र कार्यमा संलग्न हुन कोरोना भाइरस संक्रमित भइ निको भएका बिरामीलाई अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077