Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काेराेना अपडेट : १२२० जनमा संक्रमण, १११२ जना डिस्चार्ज

    काेराेना अपडेट : १२२० जनमा संक्रमण, १११२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । नेपालमा आज बुधबार थप १ हजार २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बुधबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुष गरी ११२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



     यससँगै हालसम्म देशभर ४१ हजार ६  सय ४९ जना संक्रमित देखिएका छन् भने ती मध्ये २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएको पनि जनाइएको छ ।



    पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भएको पनि जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार