Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेश सभापतिमामा धेरैको दाबी , देउवा टिमबाट गगन महामन्त्रीका उम्मेदवार !

    कांग्रेश सभापतिमामा धेरैको दाबी , देउवा टिमबाट गगन महामन्त्रीका उम्मेदवार !

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 10.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिक आउँदै गर्दा सभापति पदमा को–को उम्मेदवार बन्ने भन्ने विषयमा दाबीहरू आउने क्रम यथावत छन् ।

    सभापतिमा सबैभन्दा जोडदार रुपमा विमलेन्द्र निधिको तयारी देखिएको छ । निधिले बाहिर बोलेर भन्दा पनि भित्रभित्रै तयारीहरू गरिरहेका छन् । सभापति शेरबहादुर देउवासँग झण्डै सम्बन्ध विच्छेद गरिसकेका निधिले बानेश्वरमा बसेर तयारी गरेका हुन् ।



    निधिले आफ्नो सभापतिको तयारीमा प्रदीप गिरीलाई मोर्चा सम्हाल्न दिएका छन् । गिरीले सबै पक्षसँग सम्वाद र वार्ताहरू गरिरहेका छन् । देउवाका निकै निकट मानिने गिरीले निधिलाई १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनाएर जिताउने अभिभारा लिएका छन् ।



    सोही अभियानअन्तर्गत गिरीले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, नेता प्रकाशमान सिंह, डा.शेखर कोइरालालगायतसँग कुराकानी गरिसकेका छन् । गिरीलाई कसैले पनि स्पष्ट जवाफ दिएका छैनन् ।

    तर, निधिप्रति धेरै नेताहरू लचक देखिएका छन् । निधिको तर्फबाट गिरीले गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई १५औँ महाधिवेशनमा सभापतिमा साथ दिने भनेर प्रस्ताव राखेका छन् । सिंहले निधिलाई सो विषयमा स्पष्ट जवाफ दिएका छैनन् । १४औँ महाधिवेशनमा सिंहलाई उपसभापति बनाउने । निधिलाई सभापति बनाउने । १५औँ महाधिवेशनमा निधिको समर्थनमा सिंहलाई सभापति बनाउने गरेर गृहकार्य भएको हो ।

    महामन्त्री डा.शशांक कोइरालाले सभापतिमा जिम्मेवारी बहन गर्न नसक्ने उनकै गुटभित्रका नेताहरूको बुझाइ छ । महामन्त्री डा.कोइरालाका अगाडि पछाडि लाग्नेहरूमा अधिकांश व्यापारी, तस्करहरू रहेको आरोप छ । त्यस्ता व्यक्तिहरूबाट डा.कोइरालाले कांग्रेस सभापति जित्न पनि नसक्ने र जितिहाले पनि सभापति चलाउन नसक्ने चर्चा छ । सानो घेराभित्र रहेका महामन्त्री डा.शशांक कोइरालाभन्दा डा.शेखर कोइराला धेरै हदसम्म राम्रो मानिन्छन् ।

    वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा सभापति पाउने सम्भावना निकै काम भएर गएको छ । देउवाले पनि सभापति पाउने सम्भावना छैन । समीकरण भताभुङ्ग भएका कारण देउवा र पौडेलका लागि १४औँ महाधिवेशन प्रतिकूल बनेको छ ।

    सभापति बन्न नपाए देउवाले आफ्नी पत्नी डा.आरजु राणालाई महामन्त्री बनाउनेछन् ।

    देउवा र महामन्त्री डा.कोइरालाबीच झम्सीखेलमा रहेको विनोद चौधरीको घरमा केही दिन अगाडि गोप्य वार्ता समेत भएको छ । सो वार्तामा देउवालाई प्रधानमन्त्री, डा.कोइरालालाई सभापति, डा.राणालाई महामन्त्री, वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि कुराहरू अगाडि बढेको स्रोतको भनाइ छ ।

    देउवा र डा.कोइरालाबीच सम्वाद गराइदिनेहरूमा डा.मीनेन्द्र रिजाल, दीपक गिरी, दीपक खड्का, ईन्द्र बानियाँ, उमेश श्रेष्ठलगायतको विशेष भूमिका रहेको थियो ।

    उता, अर्जुन नरसिंह केसीले ज्वाइँ गगनकुमार थापालाई देउवाको टिमबाट महामन्त्री बनाउन गृहकार्य गरेको रहस्य बाहिर आएको छ । १३औँ महाधिवेशनमा देउवाको टिमबाट महामन्त्रीमा उम्मेदवार बनेर पराजित भएका केसीले ज्वाइँ थापालाई पुनः देउवाकै टिममा राख्ने तयारी गरेका हुन् । थापाले यस पटक जसरी पनि महामन्त्री बन्ने योजनामा छन् ।

    पौडेल समूहमा रहेका केसीले आफ्नो समूहलाई बलियो बनाउनेभन्दा पनि विवाद गर्ने निर्णयहरू गराउँदै आएका छन् । हुन त डा.मीनेन्द्र रिजालले पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि जे पनि निर्णय गर्न सक्ने नेताका रुपमा परिचय बनाएका छन् ।

    महामन्त्री डा.कोइराला निकट मानिने डा.रिजालले अन्तिम समयमा निधिलाई साथ दिन सक्ने चर्चा भइरहेको छ । निधिलाई साथ दिनेमा डा.रामशरण महत पनि रहेको भनेर कुराहरू हुन थालेका छन् ।( यूनाइटेड पोस्ट साप्ताहिक )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार