Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ कोरोना संक्रमित, ९१७ जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ कोरोना संक्रमित, ९१७ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३९४ महिला र ८३४ पुरूष गरी १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार