Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • वीरलाई कोभिड विशेष अस्पताल बनाउने सरकारकाे तयारी

    वीरलाई कोभिड विशेष अस्पताल बनाउने सरकारकाे तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने तयारी गरेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने तयारी भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताल बनाउनका लागि निर्देशन दिएकाले तयारी अघि बढाइएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भइनसकेको तर छलफलका क्रममा रहेको उनले बताए।



    हाल नन-कोभिडका बिरामीभन्दा कोभिडका बिरामी बढी आउन थालेकाले वीर अस्पताललाई कोभिड अस्पताल बनाउन आवश्यक रहेको उनले बताए । वीरलाई कोभिड विशेष अस्पताल बनाइएपनि इमरजेन्सी, डायलासिस र नेफ्रोलोजी सेवा भने यहीबाट दिइने उनले जानकारी दिए ।



    अन्य सेवा भने ट्रमा सेन्टरबाट व्यवस्थापन गर्ने अस्पतालको तयारी छ । उनले भने, ‘कोभिड अस्पताल बनाएपनि कोरोना संक्रमितको मात्र उपचार हुने हैन । इमरजेन्सी, डायलासिस र नेफ्रोलोजी सेवा यहीबाट दिइन्छ । अन्य सेवा भने ट्रमा सेन्टरमा व्यवस्थापन गर्ने तयारी गर्दैछौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार