Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप १३५९ जनामा संक्रमण,  १३५४ जना डिस्चार्ज, १४ जनाको मृत्यु

    थप १३५९ जनामा संक्रमण,  १३५४ जना डिस्चार्ज, १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ४६४ महिला र  ८९५ पुरूष गरी १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २५ हजार५६१ पुगेको छ ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २७१ जनाको मृत्यु भएको छ । आज मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार