Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वैकल्पिक सिकाइलाई मान्यता दिने सरकारको निर्णय, यस्ताे छ तयारी

काठमाडौं । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ ।

कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइलाई मान्यता दिनेगरी क्रेडिट गणना गर्ने भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरेकाे पत्रकार सम्मेलनमा वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा विकास गरी मान्यता दिन क्रेडिट गणना गर्न लागिएको बताएका हुन् ।

त्यस्तै महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय र विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजाने उनले बताए ।

विद्यालय तथा शिक्षालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाइ अवरुद्ध हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्ने र नियमति शिक्षा र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाइ सिकाइलाई सुनिश्चित गर्नु नै अहिलेको निकास भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077