Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवकलाई पक्राउ गरेको छ ।

बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जनलाई इमाडोलबाट पक्राउ गरिएकाे महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका महर्जन पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको रथ यात्राको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077