Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुटपिट गर्ने रानीबारीका तीनजना पक्राउ

काठमाडाैं । काठमाडाैंकाे रानीबारीमा एक हप्ता अगाडि कुटपिट संलग्न तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । एक साताअघि भलिबल खेलमा भएको विवादलाइ लिएर रानीबारीका तीनजनालाई प्रहरीले पक्राउ गरेको काठमाडाैँ परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठाैरले बताए ।

उनका अनुसार एक हप्ताअघि भएको भलिबल खेलमा विवाद हुँदा ढुंगेधाराका युवाहरूले रानीबारीमा आएर चारजनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट रानीबारीका चारैजना गम्भीर घाइते भएका थिए।

घाइते भएका उनीहरूलाइ मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। तर रानीबारीका युवाहरू त्यहा पनि आएर कुटपिट गरेका थिए, जसमा तीनजना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् । पक्राउ परेका तीनजनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077