Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अल्का अस्पतालकी कर्मचारीको हत्या गरेर शव जंगलमा फालियाे

    अल्का अस्पतालकी कर्मचारीको हत्या गरेर शव जंगलमा फालियाे

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या गरेर शव जंगलमा फालिएकाे अवस्थामा प्रहरीले फेला परेकाे छ। उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

    केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।



    हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार