Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

    २५ महिने छोरीको हत्या आरोपमा आमा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडाैं । प्युठानमा २ वर्षीया छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छिन्। आइतबार बेलुकी प्रहरीले सरूमारानी गाउँपालिका-१ डाँडागाउँ टोलमा बस्ने ३४ वर्षीया माया अधिकारीलाई पक्राउ गरेको हो । उनीमाथि २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको आरोप लागेको हो।

    ‘हामीले मायालाई छाेरीकाे हत्या गरेको आरोपमा पक्राउ गरेका छौं। तर हत्या उनैले गरेको हो वा होइन भन्ने खुलिसकेको छैन,’ प्युठानका डिएसपी नरेन्द्र कार्कीले भने,’अनुसन्धान सबै सकिएपछि मात्रै भन्न सक्छौं।’ यता वडा नम्बर १ का वडाध्यक्ष मुकुन्दराज शर्माले आमाको व्यवहार हेर्दा उनैले हत्या गरेकाे हुनुपर्ने आशंका गरिएको बताए। उनका अनुसार आयुषा अधिकारीका बुबा गोपाल अधिकारी होटल सञ्चालक हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार