Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हुण्डी कारोबार गरेको आरोपमा २२ लाखसहित दुईजना पक्राउ

    हुण्डी कारोबार गरेको आरोपमा २२ लाखसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 447
    SHARES

    पर्सा । पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह पक्राउ परेका हुन् ।



    उनीहरुबाट स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जको रुङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।



    पक्राउ परेका दुबै जनाविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार