Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ९८० जनामा कोरोना पुष्टि हुँदा १८१४ जना डिस्चार्ज

    ९८० जनामा कोरोना पुष्टि हुँदा १८१४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९० महिला र ६९० पुरुष गरी ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार