Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीरलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।

यस्तै त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा। गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077