Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ केजी चरेशसहित तीन जना पक्राउ

काठमाडाैं । रुकुम पश्‍चिम प्रहरीले १६ केजी अफिमसहित जाजरकोटका तीन जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्लाको नलगार्ड नगरपालिका वडा नं. ९ निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो चरेशसहित शनिबार राति ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको साधा पोशाकको प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका- ५ जलिडार्डबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077