Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केएमसी अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले सबैभन्दा सस्ताे दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।

सरकारले अहिले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४९९ र सर्वसाधरणका लागि २ हजार ५९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो । यो शुल्क सोमबारबाट लागु हुँने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077