Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप ९७९ जनामा कोरोना पुष्टि, १७३६ डिस्चार्ज, ११ काे मृत्यु पुष्टि

    थप ९७९ जनामा कोरोना पुष्टि, १७३६ डिस्चार्ज, ११ काे मृत्यु पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आज साेमबार थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    साेमबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार मन्त्रालयले सामबारबाटै कार्यान्वयनमा ल्याइने गरी भाइबर ग्रुपमा संक्रमितहरूकाे विवरण सार्वजनिक गर्ने भएकाे छ ।



    त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार