Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युवराज खतिवडाको राजीनामापछि ओरालो लाग्न थाल्यो सेयर बजार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि लगातार बढ्ने अपेक्षा गरिएको सेयर बजार दोस्रो दिन पनि घटेको छ । मन्त्री खतिवडाले राजीनामा दिएपछि आइतबारको सेयर बजार १० अंकले घटेको थियो । आज दोस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) १२ दशमलव १७ अंकले घटेको छ ।

डा. खतिवडाले राजीनामा दिने हल्ला चले पनि केही दिनसम्म लगातार बढेको बजारबाट लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार घटेको बताइएको छ। बजारमा आज सेयर किन्नेभन्दा पनि बेच्न चाहनेहरुको संख्या बढी थियो । जसकारण बजारको परिसूचक नै ओरालो लाग्यो।

१ हजार ५०३ अंकबाट सुरु भएको बजार १२ अंकले घटेर १ हजार ४८७ अंकमा पुगेपछि बन्द भएको छ। परिसूचक घटे पनि आज नेप्सेमा २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको ५ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077