Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

नक्कली प्रेस कार्ड बिक्री गर्ने ३ जना बागबजारबाट पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई पक्राउ गरेकाे छ । महाशाखाको टोलीले कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजनालाई काठमाडाैंकाे बागबजारबाट पक्राउ गरेको हाे ।

तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेको महाशाखाले जनाएको छ । अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० रूपैयाँको दरले बेच्ने गरेकाे खुलेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077