Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्वरुप परिवर्तनसहित काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे बनाइने

काठमाडौं । स्वरुप परिवर्तनसहित काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकलाे बनाउने तयारी भइरहेकाे छ। उपत्यकामा कोरोना संक्रमणको दर केही कम हुँदै गएका कारण निषेधाज्ञा खुकुलाे बनाउने तयारी भइरहेकाे हाे।

काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण अहिले अवस्था भयावह हुनबाट बचेको बताउँदै यसलाई निरन्तरता दिन लागिएकाे हाे।

एकै पटक सबै खोल्दा समस्या र परिस्थिति नियन्त्रणभन्दा बाहिर जाने भएका कारण स्वरुप परिवर्तनसहित खुकुलो बनाउँदै निरन्तर जारी रहने काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ।

महानगरपालिकाका अनुसार सीमा नाकामा सेना परिचालन गर्ने भन्ने विषय व्यक्तिगत कुरा भएको र त्यस्तो निर्णय हुने छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077