Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ करोड ६७ लाख नगद ठगी गरेको आरोपमा सहकारीका प्रबन्धक पक्राउ

काठमाडौं। ठगी आरोपमा  न्युरोडमा रहेको नौलो  परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक रामकाजी खड्गी पक्राउ परेका छन् ।

खड्कीलाई महानगरिय अपराध महाशाखाले ललितपु को धापाखेलबाट आज पक्राउ गरेको हो।

प्रबन्धक पदमा मिति २०७० असार देखी मिति २०७७ जेठ मसान्त सम्म ७ बर्ष कार्यरत रहँदा सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पुर्ण जिम्मा लिई उक्त संस्थाको सम्पुर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख  ठगी गरेर फरार भएका उनलाई महाशाखाले पक्राउ गरेको हो । महाशाखाले

उनलाई ठगी सम्बबन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077