Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना डिस्चार्ज

    देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा थप १ हजार ८१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ४९,२१९ पुगेको पनि जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् ।



    यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१२ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार