Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वभौमसत्ता कुण्ठित गर्ने १९५० को सन्धि खारेज गर्नुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धि खारेज गरेर नयाँ सन्धि गर्नु पर्ने बताएका छन् । भारत नेपाल सम्बन्धका विषयमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले सन् १९५० को सन्धि असमान र असान्दर्भिक भएको बताउँदै सार्वभौमिक समानताको सिद्धान्तको आधारमा भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताए ।

‘त्यो सन्धि असमान छ, अपमानजनक छ, हाम्रो सर्वभौमसत्तालाई कुण्ठित गरेको छ’, उनले भने, ‘त्यसका कारण १९५० को सन्धि विस्थापन गरेर नयाँ सन्धि गर्नुपर्छ।’ उनले विश्वको महाशक्ति राष्ट्र बन्न उद्त भारतले छिमिकी मुलुकको सम्बन्ध सुधार गर्नुको विकल्प नरहेको बताए ।

‘हाम्रो मात्रै होइन, भारतको पनि आवश्यकता हो, महाशक्ति राष्ट्र बन्न उद्त भारतले विश्व जगतलाई देखाउनका लागि भारत वार्तामा बस्नै पर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077