Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोना कहरमा पनि सरकारले भ्रष्टाचार गर्‍यो : सभापति देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोनाका नाममा भ्रष्टाचार गरेको दावी गरेका छन् । १०७ औं बीपी जयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा देउावाले कोरोना संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको आरोप लगाए ।

‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ केन्द्रीय कार्यालयमा भएकाे कार्यक्रममा देउवाले भने, ‘पीसीआर को दायरा बढाएको छैन। अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब गरेको छैन।’

स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077