Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संकट मानेर निर्णय भए सेना परिचालन हुन सक्छ : प्रधानसेनापति थापा

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटको अवस्थामा सेना परिचालन हुनसक्ने बताएका छन् । बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले संकटको अवस्थामा सेना परिचालन हुनेगरेको उल्लेख गर्दै अहिलेको अवस्थालाई पनि त्यस्तै संकट मानेर निर्णय भए सेना परिचालन हुन सक्ने बताए ।

काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्नुपर्ने माग स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरुले गरिरहेका बेला प्रधानसेनापतिको यस्तो भनाई आएको हो। “सेना जहिले पनि इमर्जेन्सीको अवस्थामा मात्र परिचालन हुन्छ” ।

“अहिलेको कोभिड महामारीको परिस्थीति साँच्चै इमर्जेन्सी हो भन्ने राज्यलाई लाग्छ भने त्यो काममा नेपाली सेना प्रयोग हुनसक्छ। इमर्जेन्सीबाहेक अरु अवस्थामा नेपाली सेना सहयोगी अवस्थामा नै बस्नुपर्छ भन्ने सेनाको धारणा हो।” महामारी शुरु भएयता सेना फरक भूमिकामा परिचालित नै रहेको समेत प्रधानसेनापतिले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077