Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस ज्याकेट लगाएर ढुंगा हान्नेसहित ४ जनालाई आफन्तको जिम्मामा छाडियो

काठमाडौं । महानगरीय प्रहरी परिसर जावलाखेलले रातो मच्छिन्द्रनाथकाे रथ तान्नेक्रममा भएको झडपमा पक्राउ परेका ४ जनालाई उपचार गराउन बुधबार आफन्तकोमा जिम्मा लगाइएको छ ।

परिसरका प्रवक्ता सन्तोष तामाङका अनुसार पाटन अस्पतालमा उपचारमा जानेमा ललितपुर महानगरपालिका–१६ का रविन शाक्य, ७ नम्बर पिलाछे‘का रत्नलाल श्रेष्ठ, २१ नम्बरका असोजकुमार महर्जन र महालक्ष्मी नगरपालिका–१ इमाडोलका अनिश महर्जन छन् । इमाडोलका अनिश प्रेस ज्याकेट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।

ललितपुर महानगर–११ का तापाहिटका अनिल खड्गी भने मंगलबार छुटेका थिए । २० जना पक्राउ गरेकोमा अब ५ जना हिरासतमा छन् । प्रहरीले उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077