Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • किशोरीलाई प्रलोभनमा पारेर मध्यरातमा भारततर्फ लैजाने ६ युवक सीमाबाट पक्राउ

    किशोरीलाई प्रलोभनमा पारेर मध्यरातमा भारततर्फ लैजाने ६ युवक सीमाबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.2K
    SHARES

    रौतहट । नेपाली एक किशोरीलाई प्रलोभन दिएर मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।

    बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार