Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • हेल्मेटभित्र लुकाएको १८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

    हेल्मेटभित्र लुकाएको १८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 720
    SHARES

    पर्सा । पर्सामा स्रोत नखुलेको १८ लाख रुपैयाँभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पर्साको वीरगंज महानगरपालिका १६ स्थित वीरगंज रक्सौला सडकखण्डबाट भारत घर बताउने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रसंजित कुमार पक्राउ परेका हुन् ।



    हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।



    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले चेक जाँचका क्रममा भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला पारेको थियो ।

    पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार