Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ललितपुरमा सवारी दुर्घटना गराई भागेका भारतीय कार चालक कीर्तिपुरबाट पक्राउ

    ललितपुरमा सवारी दुर्घटना गराई भागेका भारतीय कार चालक कीर्तिपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । हिजो सोमबार साँझ ललितपुर धोबिघाटस्थित सडकखण्डमा सवारी दुर्घटना गराई भागेका भारतीय नम्बर प्लेटका चालक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा भारत बिहार राज्य चम्पारण बस्ने २८ बर्षीय जोबैर अहमद रहेका छन्। अहमदलाई महानगरीय प्रहरी परिसर ललितपुरले कीर्तिपुरबाट पक्राउ गरेको हो।



    परिसरका अनुसार सोमबार साँझ अहमदले चलाएको भारतीय नम्बर BR 05 AN 5920 को कारले सडक दुर्घटना गराएको थियो।



    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार