Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा लुट्न आएका हतियारधारी भारतीयमाथि प्रहरीले गोली चलायो

    नेपालमा लुट्न आएका हतियारधारी भारतीयमाथि प्रहरीले गोली चलायो

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.4K
    SHARES

    बारा। चेकजांचका क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेका हतियारधारी भारतीय नागरिकमाथि  प्रहरीले गोली चलाएको छ ।

    प्रहरीको गोली लागी भारतीय नागरिक बृजकिशोर कुशवाहा घाइते भएका छन् ।



    कुशवाको पाखुरामा गोली लागेको छ ।  उनको साथबाट प्रहरीले पाँच राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ ।



    प्रहरीका अनुसार कुशवाहा लुटपाट गर्ने योजनासहित नेपाल छिरेका थिए । प्रहरी चौकी कचोर्वाबाट खटिएको टोलीले  भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने बर्ष २८ को बृजकिशोर कुशवाहालाई रोकेर चेकजांच गर्न खोजेका थिए।

    सो क्रममा उनले  आफुसँग भएको अबैध पेस्तोलबाट प्रहरी टोलीमाथी फायर गर्दा मिस भई फायर भएको र सोही अवस्थामा प्रहरीको तर्फबाट जबाफी कारवाही स्वरूप  फायर गर्दा  कुशवाहाको बाया पाखुरामा गोली लागेको थियो।

    उनको साथबाट पेस्तोल थान १, ४ राउण्ड गोली   र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ समेत गरी जम्मा ५ राउण्ड गोली बरामद गरी थप अनुसन्धान थालिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पगेनीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार