Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थप १ हजार २४६ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ५० हजार नाघ्याे

    थप १ हजार २४६ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ५० हजार नाघ्याे

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा थप १२ सय ४६ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ ।



    प्रवक्ता गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।



    यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।

    यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार